पाँच वर्ष नेकपाको सरकार : अध्यक्ष दाहाल

dahal

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाको सरकार ५ वर्षसम्म रहने दाबी गरेका छन् ।

आइतबार संसदमा प्रधानमन्त्री ओलीले ५ वर्षसम्म आफू नै प्रधानमन्त्री रहने संकेत गरेको भोलिपल्टै दाहालको यस्तो धारणा सार्वजनिक भएको हो ।

अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समझदारी’ अनुसार चल्नुपर्ने बताएपनि समझदारीको आशय भने खुलाएनन् ।

जनकपुर विमानस्थलमा संवाददाताहरुसित कुरा गर्दै अध्यक्ष दाहालले भने–‘नेकपाको सरकार ५ वर्षसम्म रहन्छ। यसमा कुनै दुविधा नै छैन । सरकार पनि ५ वर्ष जान्छ। ओलीजी पनि समझदारी अनुसार चल्नुहुन्छ।’

धनुषाको बरमझियामा सहिद रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुन दाहाल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसहित जनकपुर पुगेका हुन्।

उनले समृद्ध नेपाल, खुशी नेपालीको अभियानलाई सरकारले अगाडि बढाउने पनि बताए।

प्रतिक्रिया

सम्बन्धित