वर्षाले कहाँ–कहाँ भयो डुबान ?

काठमाडौं । अविरल वर्षाका कारण तराईका विभिन्न जिल्लाहरू डुबानमा परेका छन् । विराटनगर विमानस्थल पूरै डुबानमा परेको छ । विमानस्थल जलमग्न भएको छ ।

सप्तरी, महोत्तरी, बाँके, झापासहितका जिल्लाहरू जलमग्न भएका छन् । ती जिल्लाहरूको जनवीवन प्रभावित बनेको छ । स्थानीय उद्धार र राहतका लागि प्रतिक्षामा रहेको स्थानीयको भनाइ छ ।

बाढी र पहिरोका कारण ३० जनाको मृत्यु

यता, गृहमन्त्री जनार्दन शर्माले देशभरि बाढी पहिरोमा परेकाहरूको उद्धार कार्य तीव्र पार्न निर्देशन दिनु भएको छ ।

शनिबार बिहान गृहमन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै शर्माले बाढी र पहिरोका कारण देशभरिको जनजीवन अस्तव्यस्त बनेको भन्दै क्षतिका बारेमा जानकारी दिनुभयो ।बाढी र पहिरोका कारण झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी मुलुकभरि करिब ३० जना व्यक्तिको मृत्यु भएको गृहमन्त्री शर्माले बताउनुभयो । उहाँले कैयौँ सर्वसाधारण बेपत्ता भएको बताउनुभयो ।गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रहरूमा जानका लागि विमानस्थलमा खाद्य तथा उद्धार सामाग्रीहरू तयारी अवस्थामा राखेको बताउनु भयो । उहाँले मौसम प्रतिकूल भएका कारण खाद्य सामाग्री पठाउन नसकिएको बताउनुभयो ।गृहमन्त्री शर्माले बाँकेको नरायनापुर गाउँपालिका र राप्ती सुनारी गाउँपालिकामा बाढीका कारण गाउँहरू डुबानमा परेपछि, सुर्खेतबाट उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । सो क्षेत्रमा चार हजारभन्दा बढी सर्वसाधारण प्रभावित छन् ।

प्रतिक्रिया

सम्बन्धित