५ प्रतिशत खेत अझै बाँझै

ropai

  काठमाडौं । आज भदौ २ भइसक्यो । तर, असार र साउनको आधा आधिसम्म गरिसक्नुपर्ने रोपाई भने अझै हुन सकेको छैन ।

सरकारी तथ्यांकका अनुसार ५ प्रतिशत खेत अझै बाँझो छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बालीविकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशभर ९४.४३ प्रतिशत धान खेतमा रोपाईं भएको छ ।

गत आर्थिक वर्षमा यहि समयमा ९५.३९ प्रतिशत क्षेत्रमा रोपाईं भएको थियो ।
केन्द्रका अनुसार प्रदेश १ मा ९३.४९ प्रतिशत, प्रदेश २ मा ९३.३१, प्रदेश ३ मा ९६.९५ प्रतिशत तथा गण्डकी प्रदेशका ८८.९२ प्रतिशत रोपाईं भएको केन्द्रले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । त्यस्तै प्रदेश ५ मा ९४.३९ प्रतिशत र सुदूरपश्चिममा ९६.१६ प्रतिशत रोपाई‌ं भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित