राष्ट्रलाई ध्वस्त पार्नेहरुले वर्तमान सरकार विरुद्ध षड्यन्त्र गरिरहेका छन् : सांसद बस्नेत

Suryabinayak
भक्तपुर ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अवैध कारोवार गर्ने तथा राष्ट्रलाई ध्वस्त पार्नेहरुले वर्तमान सरकार विरुद्ध षड्यन्त्र मुलक आन्दोलन गरिरहेको बताएका छन् ।  अनन्त सन्देश साप्ताहिकको तेस्रो बार्षिकोत्सवको उपलक्ष्यमा सूर्यविनायक नगरपालिकामा आयोजित संघीयता कार्यान्वयनमा सूर्यविनायक नगरपालिकाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहनु भएका सांसद बस्नेतले संघियताको कार्यान्वयनसँगै आम्दानी अनुसारको कर लाग्ने व्यवस्था सरकारले गरेको बताउँदै गलत मनासाय बोकेका कतिपय व्यक्ति, संस्था, बिग मिडिया हाउसलगायतले मिडियामा कर सम्बन्धी प्रायोजित रुपमा गलत समाचारहरु सम्प्रेषण गरिरहेको बताए ।

कार्यक्रममा सम्बोधन गर्दै सांसद बस्नेतले संघियता साध्य नभई साधन भएको बताउँदै भने - " नागरिकले तिरेको कर र राज्यबाट ल्याएको बजेट विचको सन्तुलन के छ रु भन्ने कुरा सोच्न जरुरी रहेको छ । अनावश्यक हल्लाको पछि लाग्नुको कुनै अर्थ छैन । राज्यले सुविधा दिएन भन्ने बनिबनाउ धारणा अनावश्यक रहेको छ । वैध सम्पत्तीलाई रक्षा गर्दै अवैध सम्पत्तीलाई सरकारले कडाई गर्दै लैजाने शुरुवात गरेका हो "।

गणतन्त्र भनेको सामन्तवादको अवशेष भएकाले जसको कारणबाट सामन्तवादलाई अन्त्य गर्दै पुँजीवाद हुँदै समाजवादमा पुगिने बताउँदै बस्नेतले भने -" संघियताको कार्यान्वयनमा सूर्यविनायक नगरपालिका व्यापकमात्रामा अघि रहेको छ "।

सूर्यविनायकले विकास र समृद्धिमा विशेष ध्यान दिई अघि बढेको बताउँदै  सांसद बस्नेतले पैसा चाहिए संघिय सरकार, अधिकार चाहिए स्थानीय सरकार भन्ने प्रथाको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । स्थानीय तहले जिल्ला समन्वय समितिसँग सहकार्य गरी अघि बढ्नु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा उनले सिंहदरवारको स्रोत साधन र अधिकार गाउँ गाउँमा पुर्याउनु नै संघियता भएको बताउँदै अधिकारलाई प्रयोग गर्दा जनप्रतिनिधिमा भएको घमण्ड र दम्भ त्याग्नु पर्ने समेत बताएका थिए । संघिय सरकार चाहिदैन, संघिय सांसद चाँहीदैन, प्रदेश सरकार तथा सांसद चाँहीदैन भन्ने सोचलाई त्याग्दै तीनवटै सरकार एक ढिक्का भई अघि बढ्र्नेमा सांसद बस्नेतले बताए ।

शिक्षा क्षेत्रमा सार्वजनिक, नीजि तथा साझेदारी कार्यक्रमको माध्यमबाट अघि बढ्नु पर्ने आबश्यकता रहेको धारणा राख्दै सांसद बस्नेतले सूर्यविनायकका जनप्रतिनिधिले गाली गर्ने कुनै पनि प्रकारको काम नगरेकोले गाली गर्नेहरु आफैलाई क्षती हुने समेत बताए । उनले उज्यलो भक्तपुर, हरियाली भक्तपुर, सफाई अभियान, राज्यको शुन्य लागतमा अरनिको राजमार्गमा सर्भिस ट्याकलगायतका कार्यहरु तिव्र गतिका साथ अघि बढिरहेको भक्तपुरमा नयाँ आयाम दिन सफल भएको जानकारी गराए ।

बस्नेतले स्थानीय विकास र समृद्धिको सूचना सम्प्रेषण गर्न अनन्त सन्देशले ठूला मिडियाले समेत अनुकरण गर्न योग्य काम गर्ने गरेको बतउँदै राज्य स्वयमले अन्याय र अत्याचार गरेको समयमा मिडिया प्रतिपक्षिको भूमिका निर्वाह गर्नु आवश्यक रहेको तर वर्तमान लोकतान्त्रीक पद्धति तथा लोककल्याणकारी मान्यतालाई आत्मसात् गरेको समयमा मिडिया प्रतिपक्षिको भूमिकामा रहुन अनावश्यक रहेको समेत बताए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले सूर्यविनायक नगरपालिकाले हालसम्म ३७ वटाभन्दा बढी कानुनहरु निर्माण गरिसकेको बताउँदै विदेश भ्रमणमा जाने भन्दा पनि जनताको सेवा नै आफ्नो मूख्य जिम्मेवारी भएको बताए । थापाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तह भएकाले आफुले पार्टीको हितमा भन्दा पनि जनताको हितमा काम गर्ने समेत बताएका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित