फेसबुकमा तस्बिर राखेको भन्दै जंगबहादुर शैलीमा धम्की

काठमाडौं । सुरक्षा निकायमा हालै बढुवा भएका अधिकृतहरुले सामाजिक सञ्जालमा फोटो पोस्ट गरेपछि सुरक्षा निकायको माथिल्लो निकायले फोटो किन हालेको भन्दै कारबाही गर्ने चेतावनी दिएपछि अहिले ती सुरक्षा निकाय आलोचनाको पात्र बन्न थालेका छन् ।

लामो समयपछि बढुवा भएका सुरक्षा निकायका अधिकृतले दज्र्यानी चिन्ह लगाएको फोटो सामाजिक सञ्जालमा हालेको भन्दै सुरक्षा निकायका प्रधान कार्यालयहरुले स्पष्टीकरण सोधेपछि यस विषयमा बहस सुरु भएको  छ ।

सुरक्षा निकायका एन तथा नियमावलीमा सामाजिक सञ्जालमा तस्वीर पोस्ट गरेमा के कस्तो कारबाही हुने कुनै कुरा उल्लेख नभए पनि ती सुरक्षा निकायको प्रधमन कार्यलयले भने मौखिक आदेशको भरमा कारबाहीको धम्की दिएर उनीहरुको हुर्मत लिने काम गरेको भन्दै सुरक्षा निकायका प्रमुखहरुको आलोचना सुरु भएको छ । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया

सम्बन्धित