१७ करोड अपचलन गरेको अभियोगमा देव बैंकका ब्रान्च म्यानेजर समिर पक्राउ

samir_1

  काठमाडौं । प्रहरीले देब विकाश बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा नारायणपुर शाखाका म्यानेजरलाई पक्राउ गरेको छ ।

प्रहरीले बैंकका म्यानेजर समिर बुढाथोकीलाई गएराति घोराही उपमहानगरपालिका वडा नं. १० बाट पक्राउ गरेको हो ।

पक्राउ परेका बुढाथोकीमाथि बैंकको १७ करोड रकम घोटाला गरेको अभियोग लागेको छ । यस बारेमा प्रहरीले आज पत्रकार सम्मेलन गरी जानकारी गराउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित