चोरी र लागूऔषध मुद्दाका आरोपितहरुलाई साथी बनाएर लुँडो खेल्दै रवि लामिछाने

Rabi-n

 काठमाडौं। पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतभित्र रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने साउन ३० गतेदेखि चितवन प्रहरीको हिरासतमा छन् ।

 हिरासतभित्र रवि के गरिरहेका छन् भन्ने धेरैको चासोको विषय हुन सक्छ । रवि आराम गर्नुका साथै कहिले पढ्ने त कहिले खेल्ने काममा व्यस्त छन् । भेटघाट गर्नका लागि आउनेहरुसँग भेटघाटबाहेकको समयमा रवि हिरासतमै रहेका अन्य थुनुवाहरुसँगै लुँडो खेलेर समय बिताइरहेका छन् ।

बयान लिन थालेपछि छुट्टाछुट्टै बसेका रवि र युवराज कंडेल बयान सकिएपछि पुनः एउटै कोठामा बस्न थालेका छन् । चोरी, लागूऔषध, सवारी ज्यान मुद्दाका आरोपितहरु उनीहरुसँगै रहेका छन्, जो उनीहरुका लुँडो खेल्ने साथी हुन् । 

प्रतिक्रिया

सम्बन्धित