हनुमन्ते नदी सफाई अभियानको ७८ औ हप्ता पुरा  

H 77
भक्तपुर । 
हनुमन्ते नदी सफाई अभियानको ७८ औ हप्ता पुरा भएको छ । देश भरनै बिभिन्न सफाई अभियानहरु संचालित भइरहेको अबस्थामा भक्तपुरमा पनि बिगत लामो समय देखि भक्तपुरलाई देशकै नमुना सफा र समृद्ध शहर बनाउने उद्देश्यका साथ हनुमन्ते नदी सफाई अभियानमा नाममा जिल्लाको बिच भाग भएर बग्ने उपत्यकाको सभ्यतासँग जोडिएको हनुमन्ते नदी र समग्र जिल्लाको सर-सफाईमा काम गर्ने उद्देश्यमा साथ संचालन भइरहेको हनुमन्ते नदि सफाई अभियानको ७८ औं हप्ता पूरा भएको छ । ७८औ हप्तासम्म आईपुग्दा हनुमन्ते नदी सफाई अभियानले आफुलाई देशकै नमुना अभियानका रुपमा स्थापित गराइसकेको छ ।

नेकपाका नेता एब् प्रतिनिधि सभा सांसद महेश बस्नेतको अगुवाई, सुर्यबिनायक नगरपालिकाका नगर प्रमुख बासुदेब थापाको संयोजन तथा अभियानका प्रमुख अभियन्ता रुद्र पौडेलको उत्प्रेरणमा शुरु भएको अभियान ७८ औ हप्ता चलिरहँदा जिल्ला भित्र सर-सफाई सम्बन्धी जनचेतना, सर-सफाई सम्बन्धी निति तथा कार्यक्रमहरु निर्माण गर्नका लागि र समग्र जिल्लाको फाहोर संकलन गरि उचित ब्यबस्थापन गर्ने  काममा केन्द्रीत हँदै आएको छ ।


अभियान अन्र्तगत बिभिन्न चरणमा हनुमन्ते नदी, जिल्लाका स्थानियतह, अरनिको राजमार्ग सफाई कार्यक्रम संचालन गरिदै आइएको छ । अभियानकै संयोजनमा अरिनिको राजमार्गलाई सुरक्षित तथा खुल्ला फोहर मैला रहित राजमार्ग बनाउने उद्देश्यका साथ राजमार्गको बिभिन्न स्थानमा सि. सि क्यामारा जडान गर्ने काम समेत गरिएको छ ।

अभियानलाई परिणाममुखि बनाउनका लागि बिभिन्न चरणमा बिभाजित सफाई अभियान ७५औ हप्ताबाट अरनिको राजमार्ग केन्द्रीत गरिएको अभियानका उत्प्रेरक रुद्र पौडेलले बताए । उनका अनुुसार ७७ औ हप्ता देखि सफाई अभियान अरनिको राजमार्गको दाँया बाँया पोलमा रहेका अब्यबस्थीत तरिकाले राखिएका तारहरु तथा पोलमा रहेको बिज्ञापनका बोर्डहरु ब्यबस्थापन गर्ने कार्यमा केन्द्रीत गरिएको छ ।
कार्यक्रमको प्रभाबकारिताको लागि उक्त श्रेत्रमा सेवा प्रदान गर्दै आएका इन्टरनेट सेबा प्रदायकका प्रतिनिधि, केबल टिबि सेबा प्रदायकका प्रतिनिधि, नेपाल बिधुत प्राधिकरण , नेपाल टेलिकमका प्रतिनिधि, स्थानिय निकायका जन प्रतिनिुधि अन्य सरोकारवाला निकायहरुका प्रतिनिधि तथा हनुमन्ते नदी सफाई अभियाका अभियन्ताहरुको उपस्थितीमा बैठक बसि उक्त श्रेत्रमा रहेका अब्यबस्थित तारहरुको उचित ब्यबस्थापन गर्ने सहमति समेत भएको उत्प्रेरक पौडेलले बताए ।


सहमति अनुसारनै ७८औ हप्ताको कार्यक्रम भक्तपुरको लौकन्थली देखि कौशल्टारसम्म सडकको दाँया बाँया पोलमा रहेका अब्यबस्थित तारहरुको ब्यबस्थापन गरिएको छ ।जिल्ला समन्वय समिति भक्तपुरका उप प्रमुख सरिता कँवरको प्रमुख आतिथ्यतामा सम्पन्न आजको कार्यक्रममा अभियाना अभियन्ताहरु , बिश्व सफाई अभियानका नेपाल प्रतिनिधि , नेपाली सेना, सशस्त्र प्रहरी , नेपाल प्रहरी , नेपाल फुलबारि, नेप्सेम्याक्स, वेभ गु्रप ,पातन्जल नेपाल, जिबन बिज्ञान लगाएत स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित