सांग्रिला र सिप्रदी ट्रेडिङ्ग प्रालिबीच सम्झौता

sangrila

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चन्द्रागिरी नगरपालिका वडा नं. १४, नैकापमा कार्यालय रहेको सिप्रदी ट्रेडिङ्ग प्रालिबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका छन् । 

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले भारतको प्रसिद्ध टाटा कम्पनी ब्राण्डको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ख प्राÞलिबाट नयाँ गाडी खरीद गर्न चाहेमा सम्झौता अनुसार कर्जा सम्बन्धि सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्ने जनाएको छ ।

भृकुटी मण्डपमा भाद्र १० देखि १५ गते सम्म हुने नाडा अटो शोमा बैकको स्टल नं. E20 बाट थप जानकारी पाउन सक्ने पनि बैंकले जनाएको छ । यस सेवा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको हाल सञ्चालनमा रहेका ८६ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यस किसिमको कर्जा प्रदान गरिने पनि बैंकले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित