तोलाकै ७३ हजार ५ सय पुग्यो सुनको मूल्य

gold shop

  काठमाडौं । दिन दिनै मूल्य बढिरहेको सुनको मूल्यले आज अर्को नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७३ हजार ५ सय पुगेको छ।

आइतबार प्रतितोला ७२ हजार ५ सयमा कारोबार भएको सुन सोमबार पुनः बढेको हो। यो नेपाली बजारमा कायम भएको अहिलेसम्मकै उच्च मूल्य हो।

आइतबारको नयाँ कीर्तिमान भंग गर्दै सुनको मूल्यले सोमबार नयाँ कीर्तिमान बनाएको हो। अन्तर्राष्ट्रिय बजार सुनको मूल्य लगातार बढेका कारण नेपाली बजारमा पनि त्यसको असर देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित