बुटवलबाट काठमाडौं ल्याईंदै गर्दा थानकाेटबाट फरार भएका चोरी मुद्दाका आरोपि पक्राउ

chot

  काठमाडौं । महानगरीय अपराध महाशाखाले मोटरसाइकल चोरी गरेको आरोपमा वुटवलबाट पक्राउ गरी काठमाडौं ल्याईंदै गर्दा थानकोटबाट फरार भएका एक जनालाई पक्राउ गरेको छ भने एक जना अझै फरार छन् ।

प्रहरीका अनुसार ४ भदौमा सितापाइलाबाट प्रकाश तामाङको लु५२प ८५०५ नम्बरको मोटरसाइकल चोरीमा संलग्न भएको देखिएपछि उनीहरुलाई बुटवलबाट पक्राउ गरेको थियो ।

पक्राउ गरेको तीन दिनपछि जिल्ला अदालत रुपन्देहीबाट ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धानका लागि वारदात स्थान महानगरीय प्रहरी वृत्त, स्वयम्भुमा ल्याउने क्रममा उनीहरु आज थानकोटबाट भागेका थिए ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी–१ घर भइ टेकु बस्ने रविन नेपाली छन् भने मोटरसाइकल खरिदकर्ता भीमबहादुर सुनुवार फरार छन् ।

बिहान करिब साढे ४ बजे सार्वजनिक सवारीबाट प्रहरीको आँखा छलेर हातमा लगाएको हत्कडीसमेत खोलेर उनी फरार भएको महाशाखाका एसएसपी सहकुल थापाले बताए ।

सोही सूचनाको आधारमा महाशाखाको टोलीले नेपालीलाई थानकोट आसपासमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको पनि एसएसपी थापाले बताए ।

पक्राउ गरेका उनलाई आवश्यक अनुसन्धानका लागि स्वयम्भु प्रहरी वृत्तमा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित