सर्वोच्च अदालतको अपमान गर्ने नगरपालिकामाथि कारबाही होस् : सांसद बस्नेत

mahes basnet

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता महेश बस्नेतले भक्तपुर क्यान्सर अस्पतालको बारेमा सर्वोच्च अदालतले दिएको स्टे अर्डको शतप्रतिशत कार्यान्वयन गर्दै अदालतलाई अपमानित गर्ने कार्य तत्काल बन्द गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाका सांसद समेत रहेका नेता बस्नेतले भने ‘भक्तपुर नगरपालिकाले उक्त अदालतको निर्णयलाई कार्यान्वयन गरोस्, अदालतलाई अपमानित हुने ढंगले कुनै पनि गतिविधि नहोस् ।’

प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेले गत साउन ३० गते भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पतालमा आफै व्यवस्थापन समिति गठन गरी हस्तक्षेप गरेको पनि बताए । त्यस सम्बन्धमा सर्वोच्च अदालतमा मुद्धा दायर भएको र भदौ १० गते स्टे अर्डर जारी गरेर अवस्थामा नगरपालिकाको उक्त काम अबैध भएको र तत्काललाई निरन्तरता नदिनु भनि दिएको निर्देशन लत्याएकोप्रति बस्नेतले आवाज उठाएका हुन् ।

सांसद बस्नेतले भक्तपुर नगरपालिकाले जवरजस्त रुपमा गरेको भ्रष्टाचारको तत्काल छानविन गरी कारवाही अघि बढाउनुपर्ने पनि बताए ।

सांसद प्रेम सुवालले अदालतको निर्णयलाई समेत नमानि बारम्बार सदनमा उक्त कुरा उठान गर्नु सर्वोच्च अदालतको समेत अपमान भएको भन्दै सांसद बस्नेतले भने–‘भक्तपुर नगरपालिकाले उक्त अदालतको निर्णयलाई कार्यान्वयन गरोस्, अदालतलाई अपमानित हुने ढंगले कुनै पनि गतिविधि नहोस् ।’

प्रतिक्रिया

सम्बन्धित