सुडान घोटलाका मुख्य दोषी ठेकेदार शम्भु भारती पक्राउ

 shambhubharati

 काठमाडौं । नेपाल प्रहरीको इतिहासमा नै चर्चित सुडान घोटला काण्डका मुख्य दोषी ठेकेदार शम्भु भारती पक्राउ परेका छन् । भारतीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ललितपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।

 भारतीलाई फैसला कार्यान्वयनका लागि आजै सर्वोच्चमा बुझाउने सीआईबीले जनाएको छ । सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो ।

 भारतीको भगवती ट्रेडर्सबाट खरिद भएको सामानमा अनियमितता भएको सार्वजनिक भएपछि अख्तियारले मुद्दा दायर गरेको थियो।  ।

प्रतिक्रिया

सम्बन्धित