आज एक हजार घट्यो सुनको मूल्य

gold shop

  काठमाडौं । बिहीबार इतिहासकै सबैभन्दा बढी प्रतितोला ७३ हजार ४ सय पुगेको सुनको मूल्य आज भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य शुक्रबारको लागि प्रतितोला ७२ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ।

यस्तै प्रतितोला तेजावी सुनको मूल्य ७२ हजार १ सय कायम भएको छ। चाँदीको मूल्य पनि घटोको छ। शुक्रबार प्रतितोला चाँदीको मूल्य ८ सय ८५ भएको छ। यो हिजोको तुलनामा १० रुपैयाँ कम हो।

प्रतिक्रिया

सम्बन्धित