एटिएम ह्याक प्रकरण : राष्ट्र बैंकपछि नेप्ससँग छलफल गर्दै बैंकर्स

atm

  काठमाडौं । ५ जना चिनियाँ ह्याकरले नेपालका विभिन्न बैंकका एटिएमबाट पैसा चोरेको विषयमा सर्भिस प्रोभाइडर इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) मा छलफल भइरहेको छ । नेप्सका प्रतिनिधिसँगै यसमा आबद्ध १७ बैंकका प्रतिनिधि छलफलमा सहभागी छन् ।

प्रभु र एनआइसी एसिया बैंक बाहेकका एटिएमहरु मात्र सञ्चालनमा आइसकेका छन् भने यी दुई बैंकका एटिएमम पनि सञ्चालनमा ल्याउने तथा तत्काल अपनाउनुपर्ने सुरक्षाका उपायबारे छलफल भइरहेको बताइएको छ ।

आइतबार बिहानमात्रै केन्द्रीय बैंकका अधिकारीसँगै सर्भिस प्रोभाइडर नेप्स, यसमा आबद्ध बैंकका प्रतिनिधिहरुबीच राष्ट्र बैंकमा छलफल भएको थियो ।

कति रकम लुटिएको र अब कस्तो खालको सुरक्षा प्रणाली अपनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।


महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ६ वटा बैंकबाट पैसा चोरी भएको देखिएको र यिमध्ये एनआइसी एसिया र प्रभु बैंकको बैंकिङ सिस्टम नै ह्याक गर्ने प्रयास भएको थियो ।

आइतबार बिहानबाट सम्बन्धित बैंकको कार्डबाहेक अरु बैंकको कार्डबाट पैसा झिक्न नमिल्ने गरी १७ मध्ये १५ बैंकको एटिएम सेवा पुनः सञ्चालनमा ल्याइएको छ ।

प्रभु र एनआइसी एसिया बैंकको एटिएम सेवा भने बन्द नै छ ।
नेप्स केही बैंकहरुले प्रयोगमा ल्याएको प्रणाली हो । यसमा वाणिज्य र विकास बैंक गरी १७ बैंक आबद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित