मानव कल्याण समाज (सेवा घर) बन्यो रियल हिरो

manab sewa ghar

   भक्तपुर । सामाजिक अभियान्ता सुमित्रा चौलागाईंद्धारा सञ्चालित मानव कल्याण समाज (सेवा घर) सम्मानित भएको छ । भक्तपुरलाई बेवारिसे सडक मानव मुक्त बनाउने उद्घोषका साथ भक्तपुरमा सञ्चालित सेवाघरलाई ‘रियल हिरो २०७६’द्वारा सम्मान गरिएको हो ।

शनिवार काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं विनायक शिक्षालयले आयोजना गरेको ‘रियल हिरो २०७६’द्वारा सेवा घरलाई सम्मान गरिएको हो । सामाजिक क्षेत्रमा काम गर्ने उत्कृष्ट सस्थाहरुको मूल्याङ्कन गरी छनौटको आधारमा प्रत्यक वर्ष प्रदान गरिने रियल हिरो सम्मान यस वर्ष सेवा घरलाई प्रदान गरेको हो ।

झण्डै एक दशकदेखि सेवामा सक्रिय सेवा घरकी सञ्चालिका चौलागाई पुरस्कारले मानव कल्याण समाजलाई मानवीय कार्यमा अघी बढ्न थप जिम्मेवारी तथा उत्प्रेरणा प्राप्त भएको बताइन ।

सम्मान कार्यक्रममा उनले भनिन्–‘सम्मानले जिम्मेवारीको अझ ठूलो बोझ लिएको छ । भक्तपुर जिल्ला र काठमाडौं उपत्यकालगायत सिङ्गो ३ नम्बर प्रदेशलाई नै बेवारीसे सडकमानव मुक्त बनाई मानवीय सुन्दरताको समाज निर्माण गर्न अझै सक्रिय भएर लाग्नेछौं ।’

प्रतिक्रिया

सम्बन्धित