हनुमन्ते नदि सफाई अभियानको नियमित वैठक सम्पन्न

Screenshot (2)
भक्तपुर

आज बसेको हनुमन्ते नदि सफाई अभियानको नियमित वैठकबाट ७९ औ हप्ताको कार्यक्रमको समिक्षा एवं ८० औ हप्ताको कार्यक्रम कौशल्टार चोकमा आगामी भाद्र २१ गते शनिवार विहान ठीक ७ बजे जम्मा भई सम्पन्न गरिने निर्णय गर्दै सम्पन्न भएको छ ।

अभियान अन्तरगत जडीबुडी देखि साँगा तर्फको सडक मार्ग र सो मार्गको दाँया बाँया गाडीएका बिधुतिय खम्बामा अव्यवस्थित रुपमा तानिएका तारहरु लगायत वातावरण सौन्दर्यलाई प्रतिकुल प्रभाव पार्ने लगायत अन्य विषय वस्तुउपर आजैका दिन विहान ठीक ११ बजे जिल्लाका प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा सरोकारवालाहरु एवं सो कार्यको लागि गठित अनुगमन तथा व्यवस्थापन समिति सहितको संयूक्त उपस्थितिमा छलफल गरि निश्कर्ष निकालिने लगायतका निर्णयहरु गरिएका छन ।

अभियान सह सयोजक जुना वस्नेतको अध्यक्षतामा वसेको वैठकमा अयिभानका उत्प्रेरक रुद्र पौडेल लगायत प्रमुख अभियान्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित