ललितपुरमा प्रहरीको इन्काउन्टरमा परि लागूऔषध कारोबारीको मृत्‍यु !

ललितपुर ।  प्रहरीको ‘इन्काउन्टर’मा परि ललितपुर कुसुन्तीमा एक जनाको मृत्यु भएको छ। लागूऔषधको कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखा टेकुका डिएसपी अजय केसी नेतृत्वको टोली सोमबार दिउसो खत्रीको घरमा अप्रेसनका लागि गएको थियो।

प्रहरीले घर घेरेको थाहा पाएपछि खत्री कौशीबाट हाम फालेर भाग्न खोज्दा प्रहरीको गोली लागेर ढलेका थिए ।  हातमा पेस्तोल बोकेका उनले प्रहरीतर्फ गोली हानेपछी महाशाखाको टोलिले जवाफी गोली चलाउँदा उनको मृत्यु भएको महाशाखाले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भैरहेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले वताए । प्रहरीले खत्रीको साथबाट दुई वटा पेस्तोल बरामद गरेको छ । यसअघी अपराध महाशाखामा सर्बेन्द्र खनाल एसएसपी छंदा गुण्डा नाइके कुमार श्रेष्ठ 'घैटे' को प्रहरी ‘इन्काउन्टर’मा भएको थियो भने पुश्कर कार्कीले गुण्डा नाइके दिनेश अधिकारी 'चरी'को  ‘इन्काउन्टर’ गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित