एकै पटक प्रतिलिटर ६ रुपैयाँले बढ्यो दूधको मूल्य

ddc

  काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले एकै एक लिटर दूधमा ६ रुपैयाँ मूल्य बढाएको छ । डीडीसीले सरकारको निर्देशनमा दुई वर्षपछि दूधको मूल्य बढाएको जनाएको छ ।

यद्यपी सरकारले दुग्ध सहकारीहरु र डेरी उद्योग संघको दबाबमा दूध प्रतिलिटर ६ रुपैयाँले बढाएको हो । बढेको मूल्य २१ गते शनिबारदेखि लागू हुने डीडीसीले जनाएको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयले बिहीबार दूधको मूल्य बढाउने निर्णय गरी कार्यान्वयनका लागि डीडीसीलाई पत्र पठाएपछि डीडीसीले शनिबारबाट लागू हुने गरी दूधको मूल्य बढाएको जानकारी गराएको छ ।

अब उपभोक्ताले प्रतिलिटर दूधको ७६ रुपैयाँ तिर्नुपर्नेछ। यसअघि ७० रुपैयाँमा बिक्री वितरण हुँदै आएको थियो। नयाँ भाउ अनुसार ६९ प्रतिशत किसानले र ३१ प्रतिशत उद्योगीले पाउनेछन्।

यस अघि पनि डीडीसीले दूधमा प्रतिलिटर ६ रुपैयाँ नै बढाएको थियो । डीडीसीले २०७४ भदौ १ मा दूध प्रतिलिटर ६ रुपैयाँ बढाएको थियो।

दुग्ध सहकारीहरुले मूल्य नबढाए भदौ १ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिएका थिए। उनीहरुको आन्दोलनमा डेरी उद्योग संघहरुले पनि समर्थन जनाएका थिए।

सरकार, उद्योगी, व्यापारी र किसानका प्रतिनिधिबीचको पटक–पटकको वार्ताबाट दूध प्रतिलिटर १० रुपैयाँ बढाउने सिफारिस गरेको थियो। तर, सरकारले भने ६ रुपैयाँ मात्रै बढाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित