खोलाले बगायो कार, एकको मृत्यु, दुई जना घाइते

car

  काठमाडौं । खोलाले कार बगाउँदा दोलखामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बिहीबार राति सिंगटी बजारबाट आइरहेको बा१९च ४३९० नम्बरको इर्स्पोटस् कार कालिञ्चोक गाउँपालिका—१ स्थित सुन्द्रावतीमा बगाउँदा तामाकोसी गाउँपालिका–३ का २१ वर्षीय अनिश पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनामा कालिञ्चोक–३ का विकज पोखरेल र रामेछापको लिखु गाउँपालिका—२ का पवन पौडेल घाइते भएका छन् । उनीहरुलाई उपचारार्थ काठमाडौं ल्याइएको छ ।

प्रहरीका अनुसार सडकको केही तल खोलाको बीचमा कारले किचेको अवस्थामा अनिशको शव विहिबार विहान झिकिएको छ । घाइतेहरु राति नै खोलाबाट किनारा लागेका थिए ।

भर्खरै कालोपत्रे सकिएको उक्त सडकमा कजवे बनाएर बगाइएको सुन्द्रावतीको खोलाले कार बगाएको हो ।

प्रतिक्रिया

सम्बन्धित