नक्कली बाबुराम र बाहुन डनको निर्देशनमा आजबाट पुनः प्रशारण हुँदै भद्रगोल

bhadragol

  काठमाडौं । बहुचर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ भोलीदेखि पुनः नयाँ कथावस्तु र नयाँ शैलीमा प्रशारण हुने भएको छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने भद्रगोल अब नक्कली बाबुराम बनेर चर्चा कमाएका ज्योति काफ्ले र बाहुन डनका भूमिका देखिएका अशोक धितालको संयुक्त निर्देशनमा आउन लागेको हो ।

भोली भाद्र २० गते शुक्रबार ८ः५० बजे प्रसारण हुने भद्रगोल नयाँ शैलीसहित निर्देशनमा समेत हात हालेका काफ्ले भद्रगोलमा पहिलेकै चर्चित पात्र मङ्गल थाडु बनेर आउनेछन् ।

‘बहुचर्चित हास्य टेलिश्रृखला हामी सबै मिलेर जन्माएका थियौँ बन्द हुनुहुदैन् भन्ने हाम्रो मान्यता हो, यहि कारण अब आफै निर्देशनसहित आएको छु, आशा छ, दर्शकको माया थप पाउनेछु ।’–काफ्लेले भने ।

मोसफल चितवन हुँदै राष्ट्रिय कलाकारितामा छिरेका काफ्लेले मेरी बास्सै र तितो सत्यमा नक्कली बाबुराम बनेर चर्चा कमाएका थिए । उनले चलचित्र समेत अभिनय गरेका छन् । मिडिया हबकै प्रस्तुतीमा नयाँ शैलीसहित आउने भद्रगोलमा अब भने जनताको जनजिविकासगँ सरोकार र समस्यामा केन्द्रिय हुने विषय बस्तु समेट्दै, त्यहि ठाउँको परिवेश समेत चित्रण गर्ने लक्ष्य रहेको उनले बताए ।

जसमा ज्योती काफ्ले, अशोक धितालसहित सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिना आदि कलाकारहरुको अभिनय रहने छ ।

प्रतिक्रिया

सम्बन्धित