राष्ट्रियताको नाराले एमालेलाई फाइदा पुगेको विप्लवको निष्कर्ष

भरतपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकोका शीर्ष नेताहरू सोमबार चितवनको भरतपुरमा भेला भएका छन् ।

 भेलामा महासचिव ‘विप्लव’ सहितका सबै शीर्ष नेताहरू भरतपुरमा जम्मा भएको  स्रोतले जनाएको छ । नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय कार्यसमितिको बैठकको रणनीति र भावी योजनाका विषयमा जानकारी दिन केन्द्रीयस्तरको प्रशिक्षण कार्यक्रम राखिएको हो ।’प्रशिक्षणमा महासचिव ‘विप्लव’ र शीर्ष नेताहरूले दुई दिनसम्म भावी रणनीतिका विषयमा प्रशिक्षण दिने छन् । प्रशिक्षण भरतपुरको एक पार्टी प्यालेसमा सोमबार र मंगलबार दुई दिन हुनेछ ।

 हालसम्पन्न केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डाका बारेमा जानकारी दिन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको स्रोतको भनाइ छ । अत्यन्तै गोप्य राखिएको सो प्रशिक्षणका लागि सोमबार बिहानसम्म सबै नेताहरू भरतपुरमा जम्मा भएका छन् ।

 राष्ट्रियताका पक्षमा आवाज उठाउँदै आएको नेकपाले आफूहरूले उठाउँदै आएको राष्ट्रियताको नाराले एमालेलाई फाइदा पुगेको निष्कर्ष निकालेको छ । हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा महसचिव ‘विप्लव’ले आफूहरूले उठाएको नाराले एमालेलाई स्थानीय तहको निर्वाचनमा फाइदा पुगेको धारणा सुनाएको उच्च स्रोतको भनाइ छ ।‘नेकपा’ले २ नं। प्रदेशमा असोज ३ गते हुन लागेको तेस्रो चरणको निर्वाचनलाई बिथोल्ने रणनीति बनाएको छ । निर्वाचन बिथोल्नका लागि ‘नेकपा’ विशेष टोली परिचालन गर्ने तयारी गरेको स्रोतको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित