धमाधम शाखा विस्तार गर्दै ओली एण्ड एसोसिएट्स, विद्यार्थीहरु लाभान्वित हुने

काठमाडौं । अष्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श प्रदान गर्ने अग्रणी संस्था ओली एण्ड एसोसिएट्सले जनकपुरमा नयाँ शाखा स्थापना गरेको छ । ओली एण्ड एसोसिएट्सले झापाको बिर्तामोड र सुनसरीको इटहरीमा नयाँ शाखा स्थापना गर्ने तयारी पनि थालेको छ ।

  आईतवार ओली एण्ड एसोसिएट्सका कार्यकारी प्रमुख भवानीप्रसाद ओली,जनकपुर शाखा प्रबन्धक विजय कर्ण एवं प्राध्यापक डा. विद्यासागर वर्माले संयुक्त रुपमा जनकपुर शाखा शुभारम्भ गरेका छन् ।ओली एण्ड एसोसिएट्सले साउन २६ गते झापाको विर्तामोड र भदौ २ गते शुक्रवार सुनसरीको इटहरी शाखा कार्यालयको उद्घाटन गर्दैछ ।

   उद्घाटनको भोलीपल्ट दुवै स्थानमा उच्च शिक्षाका लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरुलाई आवश्यक सूचना र प्रक्रियाको बारेमा जानकारी दिने उद्देश्यले सेमिनारको आयोजना पनि गरिने ओली एण्ड एसोसिएट्सले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित