व्यवहारमा विनम्र, कानुनमा कडाइ : ट्राफिक प्रहरी प्रमुख ढकाल

ssp dhakal

  काठमाडौं । दिन प्रतिदिन ट्राफिक प्रहरीको ज्यादति बढिरहेको भन्ने जनगुनासा आइरहेका बेला केही दिन अघि मात्रै महानगरीय ट्राफिक प्रहरी महाशाखाकाको जिम्मेवारी सम्हाल्न आएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीम ढकालले उपत्यकामा स्मार्ट ट्राफिक प्रहरीको नयाँ योजना अघि सारेका छन् ।

एसएसपी ढकालले पत्रकार सम्मेलन नै गरेर महाशाखाको योजनाबारे जानकारी गराएका हुन् । कार्यक्रममा बोल्दै एसएसपी ढकालले भने–‘स्मार्ट ट्राफिक प्रहरीको पर्सनालिटी, व्यवाहार, प्रस्तुत हुने शैलीमा समेत ध्यान दिइनेछ । परम्परागत व्यवहारभन्दा पृथक रुपमा प्रस्तुत हुनेछौं । व्यवहारमा विनम्रता र कानुन कार्यान्वयनमा कडाइ गरिनेछ ।’

उपत्यकाको ट्राफिक व्यवस्थापन आफैंमा चुनौतीपूर्ण भएको भन्दै महाशाखा प्रमुख एसएसपी ढकालले मापदण्डअनुसार पूर्वाधारको अभावमा ट्राफिक व्यवस्थापनमा कठिनाइ हुँदा ‘म्यानुअल ट्राफिकिङ’ गर्नुपर्ने बाध्यता रहेको पनि बताए ।

विगतमा ट्राफिक प्रहरीले गरेका सकारात्मक कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराउँदै एसएसपी ढकालले प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा आफ्नो मुख्य जोड रहने पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित