नेपाल–चीन संयन्त्र बैठक : ५ हजार पाल दिनेदेखि मनाङमा अस्पताल बनाइदिनेसम्मको सम्झौता

nepal-china

  काठमाडौं । विदेशमन्त्रीस्तरीय नेपाल–चीन संयन्त्र बैठक सकिएको छ । बैठकमा भएको बृहत छलफलपछि नेपाल र चीनबीच तीन सम्झौता भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

काठमाडौंको याक एण्ड यति होटलमा भएको उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार चीनले नेपाललाई आपतकालिन अवस्थाको तयारी स्वरुप ५ हजारवटा पाल दिने, नेपालमा चिनियाँ भाषा पढाउनका लागि स्वयंसेवक शिक्षक पठाउने र लगभग ३५ करोड नेपाली रुपैयाँको खर्चमा मनाङमा अस्पताल बनाइदिने सहमति भएको बताइएको छ ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लिलामणी पोखरेल, परराष्ट्र सचिव शंखर वैरागी, मन्त्रालयमा चीन मामिला हेर्ने सहसचिव काली पोखरेललगायतको उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।

चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार काठमाडौं आइपुगेका हुन्। विदेशमन्त्री यीले सोमबारको संयन्त्र बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन्।

आजै नेपाल सरकारका केही विभागीय मन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुले पनि विदेशमन्त्री यीलाई भेट्ने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित