जिग्री र पाँडेको ‘नयाँ भद्रगोल’ आउँदै

bhadragol_1

  काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्य टेलिशृंखला भद्रगोलबाट बाहिरिएका कलाकारहरुको टोलीले नयाँ हास्य टेलिशृंखला ल्याउने भएका छन्।

कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा ‘टिम त्यही, थिम त्यही, तर फरक नाममा’ नयाँ टेलिश्रृंखला आउने भएको हो ।

नयाँ टेलिश्रृंखलामा शुरुवाती दिनमा देखिएका निर्देशकद्धय शंकर आचार्य ‘वरिष्ठे’ र चिरञ्जिवी पुडासैनी ‘धतुरे’ पनि देखिने भएका छन्।

पारिश्रमिक र कपीराइट विवाद चुलिएपछि मिडिया हबले निर्माण गर्दै आएको भद्रगोल छाडेका उनीहरुले केही दिनअघिमात्र दर्शकसँग सामाजिक सञ्जाल फेसबुकमार्फत सुझाव मागेका थिए ।

उनीहरुले हिजो फेसबुकमार्फत नयाँ टेलिशृंखला ल्याउने जानकारी दिएका छन्। टोलीले नयाँ सिरियल असोज २ गते बिहिबारबाट प्रसारणमा आउने जनाएको छ।

उक्त शृंखलाको नाम भने सार्वजनिक गरिएको छैन। नाम र अन्य जानकारी बुधबार पत्रकार सम्मेलन आयोजना गरी दिइने पाँडे ले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित