सिआईबी जान पाँच डिआईजीबीच चर्को प्रतिस्पर्धा

काठमाडौं। सरकारले हालै मात्र एसएसपीबाट डिआईजीमा बढुवा भएका केही अधिकारीहरुको पोस्टिङको तयारी थालेको छ । ११ जना एअाईजीको दरवन्दी कायम गर्न अन्योल भएपछी एअाईजीहरुको पोस्टिङ केही समय लम्बिने भएको छ । तर, गृहले डीआईजीहरुको पोस्टिङको तयारी थालेको छ । गृहमन्त्रालयले उपत्यकामा ट्राफिक प्रहरीको काम प्रभावकारी हुन नसकेको बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखको जिम्मेवारी एक नम्वरमा रहेका सर्वेन्द्र खनाललाई दिइसकेको छ । खनालसहित, रमेशप्रसाद खरेल, पुष्कर कार्की, उत्तमकुमार कार्की, भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल, छविलाल जोशी ,मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठूले राई, शरद चन्द, धिरु बस्नेत, पुष्पचन्द्र रञ्जित र सुरेशविक्रम शाहले शुक्रबार डीआईजीको फुली लगाएका थिए ।

 आईजीपी प्रकाश अर्यालले केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) मा डिआईजी पुष्कर कार्कीलाई पठाउन खोजेका  छन् ।  तर,गृहमन्त्री जनार्दन शर्मा भने उत्तमकुमार कार्की, भोगबहादुर थापा, मनोज न्यौपाने र छविलाल जोशीमध्ये एकलाई पठाउने सोचाईमा रहेको स्रोत वताउँछ । काठमाडौं प्रहरी परिसरमा कार्यरत जोशीले गुण्डागर्दी नियन्त्रण र आपराधिक गतिबिधीलाई निस्तेज तुल्याएको भन्दै उनलाई सिआईबी लैजानु पर्ने माग समेत बढेको छ ।

 डिआईजीद्वय उत्तम  र न्यौपानेले एसएसपी छँदा सिआईबीमा काम गरेका थिए । त्यस्तै, लागु औशध नियण्त्रण व्युरो, डीआईजीको दरबन्दी रहेका तालिम केन्द्र र केही क्षेत्रमा पनि प्रमुख खाली छन् ।

 पोस्टिङका हिसाबले आकर्शक र चुनौतीपूर्ण रहेको सिआईबीमा अनुभव भएकालाई मात्र पठाउन आईजीपी प्रकाश अर्यालले गृहमन्त्री शर्मालाई 'कन्भिन्स' गरेको बुझिएको छ । अर्यालले  डिआईजी पुस्कर कार्कीलाई प्रबक्ताको जिम्मेवारी दिएपछि सिआईबीमा उत्तम कार्की जाने संभाबना बढेको स्रोतको दाबी छ ।

 दुई नम्वरमा रहेका डिआईजी रमेश खरेल भने संयुक्त राष्ट्र संघको उच्च पदमा मिसनमा रहेका कारण उनलाई तत्काल सिआईबी पठाउने संभावना छैन ।

प्रतिक्रिया

सम्बन्धित