भक्तपुर दरबार स्क्वायरमा चिनियाँ विदेशमन्त्रीकाे सेल्फी

wang yi

  काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङले यी आज बिहान भक्तपुर दरबार स्वायरको भ्रमण गरेका छन् ।

विदेशमन्त्रीस्तरीय नेपाल–चीन संयन्त्र बैठकका लागि आइतबार नेपाल आएका विदेशमन्त्री यी आज भक्तपुर दरबार स्क्वायर पुगेका हुन् ।

सामान्य पर्यटक जसरी बनेर उनले भक्तपुर दरबार क्षेत्र, न्यातपोल मन्दिर, पाँचतले मन्दिर, दत्तात्रय मन्दिरलगायतका ठाउँहरु अवलोकन गरे ।

उनले भक्तपुर क्षेत्र अवलोकन मात्र गरेनन्, ऐतिहासिक सम्पदालाई आफैंले आफ्नो क्यामरामा कैद गरे । उनले सेल्फी पनि खिचे । उनले आफूलाई सामान्य पर्यटक जस्तै गरी अवलोकन गर्न दिन आग्रह समेत गरेका थिए ।

मोबाइलबाट तस्वीर खिच्दै घुमघाम गरेका वाङ प्रशन्न मुद्रामा देखिन्थे । साथै चिनियाँ राजदूत होउ याङ्छी लगायत भ्रमण दलका अन्य सदस्य पनि थिए ।

विदेशमन्त्री वाङले सामान्य नागरिक भएर पर्यटकीय क्षेत्र घुम्ने इच्छा गरे पनि उनका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो । यद्यपि स्थानीयबासीलाई कुनै रोकतोक गरिएको थिएन ।

 

 

प्रतिक्रिया

सम्बन्धित