बडा दशैं अगाडि ७३ ठाउँमा सहुलियत पसल

pasal

  काठमाडौं । सरकारले दशैं, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित ७३ ठाउँमा सहुलियत पसल सञ्चालनमा ल्याएको छ । चाडबाडमा उपभोक्तालाई सस्तो मूल्यमा खाद्य वस्तु उपलब्ध गराउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसल सुरु गरेको हो ।

आपूर्तिमन्त्री मात्रिका यादवले सहुलियत पसलको उद्घाटन गरेका छन् । चाडबाडमा उपभोक्तालाई केही राहतका लागि सहुलियत पसल सञ्चालनमा ल्याइएको बताउँदै उनले सहुलियत पसलले निरन्तरता पाउनुपर्ने पनि बताए ।

सहुलियत पसलमा साल्ट ट्रेडिङ कर्पोरेसन्स लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, दुग्ध विकास संस्थानसहितले छुटसहित सामग्रीहरू राखेका छन् । सहुलियत पसल कात्तिक १७ गतेसम्म सञ्चालन हुनेछन् ।

सहुलियत पसल उपत्यकाबाहिर २३ र उपत्यकामा ५ ठाउँमा सञ्चालन गर्ने बताए ।

सहुलियत पसलमा प्रतिकिलो बास्मती चामलमा १० रुपैयाँ, जिरा मसिनोमा ५ रुपैयाँ, सोना मन्सुलीमा ५ रुपैयाँ, जापनिज चामलमा ५ रुपैयाँ, सिमीमा १० रुपैयाँ छुट दिइनेछ । जिउँदो बोका–खसी र च्याङ्ग्रामा पनि प्रतिकिलो १० रुपैयाँ छुट दिने जनाएको छ ।

यस्तै, साल्टट्रेडिङ कर्पोरेसन्सले पनि चिनीमा ५ रुपैयाँ छुट दिएको छ । उसले प्रतिकिलो ७२ रुपैयाँमा बिक्री गर्ने जनाएको छ । नुनमा २ रुपैयाँ दिएको साल्ट्रट्रेडिङका महाप्रबन्धक उर्मिला श्रेष्ठले बताइन् । उनले चाडबाडका लागि २४ सहुलियत पसल र ३ मोबाइल भ्यान सञ्चालन गरेको पनि जानकारी गराइन् ।

त्यसैगरी दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो ५० रुपैयाँ छुट दिएर ८५० रुपैयाँ निर्धारण गरेको छ । पनिरमा १० रुपैयाँ छुट दिएर ७ सय रुपैयाँ दिएको जनाएको छ ।

मन्त्रालयका अनुसार खाद्य व्यापार कम्पनीले उपत्यकामा एकीकृृत १ सहित थापाथली, नख्खु, जावलाखेल र भक्तपुरमा पसल सञ्चालन गरेको छ ।

साल्ट ट्रेडिङले पनि एकीकृत १, कालीमाटीमा २, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुर र घुम्ती सेवा सञ्चालन गर्ने जनाएको छ ।

त्यस्तै दुग्ध विकास संस्थानले एकीकृत १, लैनचौर, न्युरोड र खुमलटारमा सहुलियत पसल सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित