यूएईमाथि नेपालको १६० रनको फराकिलो जित

rohit

  काठमाडौं । यू–१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले यूएईलाई १६० रनको फराकिलो जित हात पारेको छ । लगातार दुई खेल हारेर समूह चरणबाटै बाहिरिएको नेपालले यूएईलाई भने हराएको हो ।

यसअघि मारियन्स क्रिकेट ग्राउण्ड, श्रीलंकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएको थियो ।

मात्र ८ रन जोड्दा सुरुवाती दुई विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले कप्तानी पारी खेले । उनले तेस्रो विकेटका लागि आशिफ शेखसँग ७१ र चौथो विकेटका लागि सन्दीप जोरासँग ८५ रनको साझेदारी गरे । रोहितकुमार ६७ रनमा आउट भए ।

आशिफले ४५ र सन्दीपले ४८ रन बनाए । भीम सार्की मात्र एक रनमा आउट भए । कुशल मल्ल २२ रनमा आउट भए, जतिबेला नेपालको स्कोर २०६/७ थियो ।

आठौं विकेटका लागि रासिद खान र कमल सिंह ऐरीले ७० रनको उत्कृष्ट साझेदारी गरे । राशिद ४४ रनमा आउट भए । आक्रामक पारी खेलेका कलमसिंहले २५ बलमा ४१ रन बनाए । सागर ढकाल २ रनमा नटआउट रहे ।

प्रतिक्रिया

सम्बन्धित