पाइपलाइन उद्घाटन भएकै दिन २ रुपैयाँ घट्यो पेट्रोलको भाउ

pretol

  काठमाडौं । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ ।

निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको जानकारी दिएको छ। आजदेखि पाइपलाइन सञ्चालनमा आउने भएकाले त्यसबाट हुने बचत उपभोक्तालाई दिन पनि मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाइएको छ। योसँगै अब पेट्रोल काठमाडौंमा प्रतिलिटर १०७ रुपैयाँ र डिजेल÷मट्टितेल ९५ रुपैयाँ प्रतिलिटर हुने छ।

प्रतिक्रिया

सम्बन्धित