कलंकी होटल एण्ड गेष्ट हाउस एशोसियसनमा युवाहरुको वर्चश्व

काठमाडौं । कलंकी होटल एण्ड गेष्ट हाउस एशोसियसनको पाँचौ अधिवेशनबाट महिणीप्रसाद आचार्यको नेतृत्वमा १७ सदस्यिय कार्यसमिति निर्वाचित भएको छ ।

 साउन २१ गते शनिबार सम्पन्न कार्यसमितिको अध्यक्षमा आचार्य, वरिष्ठ उपाध्यक्षमा रुद्र न्यौपाने, उपाध्यक्षमा देवीबहादुर राई, महासचिवमा दीपक आचार्य, सचिवमा कृष्ण बस्याल(किसन), कोषाध्यक्षमा नकुल कार्की र सहकोषाध्यक्षमा तुलबहादुर श्रेष्ठ निर्वाचित भएका हुन् । महानगरपालिकाका १३ र १४ वडामा रहेका होटल तथा रेष्टुरेन्टहरु सदस्य रहेको यस एशोसियसनमा हालसम्म ६५ जना सदस्य रहेका छन् ।

 होटल व्यवासायी महासंघमा आवद्ध यस एशोसियसनले सदस्य संख्या ११० पु-याउने लक्ष्य लिएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा निर्वाचित भएका आचार्यले सबैलाई समेटेर अगाडि बढ्ने बताउँदै होटल व्यवसायीहरुको हक हितका लागि अझै क्रियाशिल रहने बताएका छन् ।

 कार्यसमितिको अधिकांश पदमा युवा व्यवसायीहरु आएका छन् ।  सचिवमा निर्वाचित भएका लोमस होटल एण्ड लज, कलंकीका सञ्चालक बस्यालले युवाको जोश, नयाँ सोच र भिजनका साथ अगाडि बढ्ने बताएका छन् । व्यवासयीहरुको हक हितका लागि एशोसियसनमा उम्मेदवारी दिएर निर्वाचित भएका बस्याल नेपाल फलफुल थोक व्यवासयी संघ कुलेश्वरका पूर्व सचिव समेत हुन् । उनले विगत १० वर्षदेखि व्यवसायीहरुको हक हितका लागि काम गर्दै आएका छन् । बस्यालले एशोसियसनलाई आर्थिक र अन्य विषयमा समेत सवल बनाएर अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित