पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु, ४ जना बेपत्ता

thawang

   काठमाडौं । अबिरल बर्षाका कारण गएराति आएको पहिरोमा परी रोल्पाको थबाङ गाउँपालिका २ छेर्लाबाङमा ६ जना पुरिएका छन् ।

पहिरोले घरसँगै ६ जनालाई पुरेको हो । रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाको पुष्टि गर्दै २ जनाको शव निका लिएको र अन्यको खोजी भइरहेको बताए ।

थबाङ गाउँपालिका–२ छेर्लोबाङस्थित शीरकुमारी बुढामगरको घर पहिरोमा पुरिएपछि २८ वर्षीया शीरकुमारी र उनका ४ वर्षीय छोरा असलको मृत्यु भएको छ ।

प्रहरीले उद्धारका क्रममा आमा–छोराको शव फेला पारेको प्रहरीले जनाएको छ ।

तीन दिनदेखि भारी वर्ष भएकाले घर माथिबाट निर्माणाधीन सहिद मार्गबाट पहिरो खसेको हो। प्रहरीले पुरिएको घरभित्र ६ जना रहेको हुनसक्ने आशंका गरेको छ।

अन्यको खोजी जारी राखिएको रोल्पा प्रहरीले जनाएको छ ।

प्रहरीले आमा छोराको शव शुक्रबार विहान साढे ८ बजेतिर निकालेको हो ।

ढुंगा र काठको छाना भएको दुई तले घरको माथिल्लो तलामा रहेका शीरकुकारी र उनका छोराको उद्धार गरिए पनि आश्रय लिई तल्लो तलामा बास बसेकाको अवस्था अज्ञात रहेको छ।

पुरिएको घरको तल्लो तलामा बास बसेका ३६ वर्षीय जय बुढामगर, उनकी ४० वर्षीया श्रीमती मुलज्योति बुढामगर, १० वर्षीया छोरी गृष्मा र अर्की डेढ वर्षीया छोरी थिए।

आफ्नो घर असुरक्षि भएपछि जयबहादुरको परिवार उक्त घरमा सुत्न आएको बताइएको छ । ठूलो पहिरो र लेदो बगेर घर पुरिएकाले तल्लो तलाको अवस्था पहिचान गर्न नसकिएको स्थानीयबासीले बताएका छन् ।

उद्धारका लाथि जिल्ला प्रहरी कार्यालयसहित थबाङ, घर्तीगाउ, कुरेली, मिरुल, इरिबाङ लगायतबाट प्रहरी घटनास्थल पुगेको छ। उद्धारकर्ताहरुले उनीहरुको खोजी गरिरहेका छन्। पानी परिरहेकाले उद्धार कार्यमा कठिनाई भएको छ।

घरभित्रका वस्तुभाउ समेत पुरिएका छन्। केही गाई र गोरु मरेको अवस्थामा फेला पारिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित