विप्लव समूहका जिल्ला इन्चार्जसहित मोष्ट वान्टेड सूचीका दुई जना पक्राउ

biplab

  काठमाडौं । प्रतिवन्धिित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बर्दिया जिल्ला इन्चार्ज मिना धामी चलाउने र मोष्ट वाण्टेड सूचीमा रहेका लोकेन्द्र जैसी पक्राउ परेका छन् ।

जैसी चन्द निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्कितकारी) का नेता हुन । उनीहरु विरुद्ध चन्दा आतंकलगायतको मुद्दामा कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रहरीले जैसीलाई लामो समयदेखि पक्राउ गर्न खोजेको थियो । संगठन विस्तारका क्रममा उनीहरुलाई बाँसगढी नगरपालिका—९ माछागढबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित