सप्तरी प्रहरी प्रमुखको कार्यभार सम्हाले लगत्तै एसपी प्रसाईले बढाए क्रियाशिलता

Krishna Pra

सप्तरी ।
जिल्ला भित्रको सुरक्षा संबेदनसिलतालाई गम्भिर रुपमा लिदै जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रमुखको कार्यभार सम्हाले लगतै प्रहरी उपरिक्षक एसपी कृष्ण प्रसाईले  क्रियाशिलता बढाएका छन् ।

हालैमात्र लागूऔषध नियन्त्रण ब्यूरो प्रमुखका रुपमा आप्mनो सफल कार्यकाल सम्पन्न गरि सप्तरी जिल्लाको सुरक्षा कमाण्ड लिएका एसपी प्रसाई जिल्ला भित्र हुने गैर कानुनी कार्यहरु प्रति कठोर  रुपमा प्रस्तुत भएका छन् । प्रतिबद्धता अनुसार उनले जिल्लामा अवैध रुपमा सञ्चालित मदिरा ,जुवातास, यौनधन्दा नियन्त्रण लगाएत जिल्ला भित्र अबैधरुपमा लगाइएको लागुऔषध गाँजा नष्ट गर्ने कामको शुरुवात गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयले  सप्तरीमा गाउँ गाउँमा उत्पादन हुने अवैध घरेलु मदिराका कारण घरेलु हिंसा बढ्ने निष्कर्ष सहित हालै मात्र सुरुङ्गा नगरपालिका वडा नं. १० पटेर्वा स्थित २ घरधुरीले बनाउदै आएको तयारी घरेलु मदिरा ४० लिटर, मदिरा बनाउन प्रयोग हुने तयारी कच्चा पदार्थ ५ सय लिटर र प्लास्टिकको भाडो १५ थान बरामद गरी  स्थानिय व्यक्तिहरुको रोहबरमा नष्ट गरेको छ भने डाक्नेश्वरी नगरपालिका वडा नं ९ स्थित मेहता र मंडल टोलमा २० घर धुरीकोे आंगनमा रहेको सानो ठूलो गरी २६० वटा अवैध गाँजाका बोट नष्ट गरेका थियो । यसअघि डाक्नेश्वरि नगरपालिकाकै मौकहि,पंडित टोलमा ३३ घरधुरिले घरको आगनमा लगाएको ३६० वटा गाँजाका बोट समेत नष्ट गरिएको थियो ।


एसपी कृष्ण प्रसाई आगमनसँगै पछिल्लो समय प्रहरीले देखाएको सक्रियताले जिल्लामा अपराधिक घटनामा क्रमश कमी आएको बताइएको छ । जिल्लामा उनको अगमनसँगै जिल्लाका सिमावर्ती नाकाहरुमा सुरक्षा चेकजाँच कडाई भएकोले तस्करी नियन्त्रणमा आउनेमा आफूहरु आशावादी रहेको स्थानीयहरु बताउँछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित