युट्युबर र शाही समर्थकबीच झडप हुँदा ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

gyanendra sahi

 ललितपुर । सामाजिक अभियन्ता दाबी गर्ने ज्ञानेन्द्र शाहीले ललितपुरमा गरेको पत्रकार सम्मेलनमा झडप भएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । शाहीले प्रश्नकर्तालाई नै अपशब्द प्रयोग गरेपछि झडप भएको थियो ।

 नेपालगञ्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि अभद्रव्यवहार गरेका शाहीले आज ललितपुरमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । युट्युबर र शाही समर्थकबीच झडप भएको थियो। स्थिति तनावपूर्ण बनेपछि शाहीलाई नियन्त्रणमा लिएर सुरक्षा दिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित