ज्ञवालीले अग्रता लिने सम्भावना न्युन , रेणु विजयको नजिक

भरतपुर । भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेको हार पक्का भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २० को जारी मतगणनामा माओवादी(काँग्रेस गठबन्धनकी रेणु दाहालले ९९ मतले अग्रता लिएकी छिन् । २४ सय मत गणना हुँदा रेणुले नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीलाई ९९ मतले पछाडि पारेकी छिन् । भरतपुर २० नम्बर वडामा ३३ सय २ मत खसेको थियो । आज मध्यरातिसम्म अन्तिम मतपरिणाम आउने भएको छ । भरतपुर १९ र २० को मतगण्नामा एमालेले अपेक्षित मत पाउन नसकेको हो । अहिले भरतपुर २० को मतगणना भइरहेको छ ।

 तर, १७ सय मत गन्न बाँकी रहँदा नै एमालेका देवी ज्ञवाली माओवादी काँग्रेस गठबन्धनकी रेणु दाहाल ४ मतले अगाडि छन् । १६ सय मत गणना भइसकेको छ । ज्ञवालीले अब अग्रता लिने सम्भावना छैन् ।पुनः निर्वाचन भएको भरतपुर १९ मा एमालेले अपेक्षित मत पाउन नसकेपछि एमालेको विजय यात्रामा धक्का लागेको हो ।वडा नम्बर २० पनि काँग्रेसको पकड रहेको क्षेत्र मानिन्छ । भरतपुर २० मा ३३ सय २ मत खसेको छ । तर, यसअघि नै निर्वाचन भएका कारण काँग्रेसको मत देवी र रेणु दुवैका लागि बाँडिएको अनुमान गरिए पनि मतपरिणामले त्यस्तो देखाएन् । जसरी पनि जित्ने काँग्रेस र माओवादी गठबन्धनको शिकार देवी भएको यो निर्वाचनले देखाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित