नौबिसे–नागढुंगा सडकमा ओभरटेक गर्न नपाइने

naubise

  काठमाडौं । नजिकिंदै गरेको नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले नौबीसे–नागढुंगा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरेको छ ।

उकालो र मोडहरूमा मालवाहक सवारी ढिलो गुड्ने भएकाले जामका बेला पनि साना सवारीले ओभरटेक गरेर उल्टै थप जाम गर्ने भएपछि यो १५ किमि दूरीलाई पहिलो पटक ‘नो ओभरटेक जोन’ तोकिएको जनाइएको छ ।

बाटो साँघुरो भएकाले नौबिसे–नागढुङ्गा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको हो।

त्यसैगरी दशैँको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार धुनीबेँसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी कार्यक्रममा उक्त सहमति भएको हो।


नौबीसेदेखि खानीखोला–खत्रीपौवा–सिक्रेखोलादेखि नागढुंगासम्मको खण्डमा उकालो, साँघुरो र धेरै मोड छन् ।

धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा बिहीबार धुनीबेंसी नगरपालिकामा बसेको सरोकारवालाको बैठकले पर्वमा सवारी जाम हुन नदिन यस्तो निर्णय गरेको हो ।

जाम हुन नदिन मालवाहक सवारीलाई दसैंअघिका एक साताअघि चितवनदेखि नै रोक लगाइनेछ ।

त्यस्तै यात्रुलाई सुरक्षित र समयमै गन्तव्यमा पुर्‍याउन १५ किलोमिटरका विभिन्न २४ स्थानमा प्रहरी परिचालन गरिने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित