वेभ फिजिकल फिटनेशका जयराम त्वयाना बने चौथो मिष्टर भक्तपुर 

Wave
भक्तपुर ।

" चौथो मिष्टर भक्तपुरको " उपाधि भक्तपुर थिमीका जयराम त्वयानाले पाएका छन् । भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा भएको चौथो मिष्टर भक्तपुर प्रतियोगिताको उपाधि वेभ फिजिकल फिटनेश गट्ठाघरबाट प्रतिनिधित्व गरेका जयराम त्वयानले पाएका हुन् ।

Jay Wave
स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको उक्त शारीरिक सुगठन प्रतियोगिताको उपाधि हात पारेसँगै त्वयानाले सामाजिक संजाल मार्फत जितसँगै आप्mनो जिम्मेबारी अझ बढेका तथा यो सफलता समग्र वेभ फिजिकल फिटनेसको भएको बताएका छन् ।

Jaya Wave 3

जितसँगै त्वयानाले आप्mनो फेसबुक वालमा लेखेका छन् :

आजको यस शुभ घडीमा हामी सबैको महिनौ देखिको प्रतीक्षित सफलताको घोषणा गर्दछु। म आज वेभ फिजिकल फिटनेसको प्रतिनिधित्वमा चौथो मिस्टर भक्तपुरको उपाधि जित्न सफल भएको छु र यहाँँहरुको माया, सदभाव अनि प्रेरणा बिना यो सब कदापी सम्भव हुने थिएन। मलाई माया गरेर यहाँँ सम्म पुर्याइदिनु हुने सबैमा लाखौँ करोडौँ धन्यवाद ज्ञापन गर्न चाहन्छु र आगामी दिनहरुमा पनि यसरी नै हजुरहरुको आशिर्वाद पाउनेछु भन्ने आशा गर्दछु।

Jaya Wave 4

प्रतिक्रिया

सम्बन्धित