मध्यपहाडी लोकमार्गमा माटोको ढिस्कोले पुरिएर सव–ओभरसियरको मृत्यु

road

  काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत कुस्मा नगरपालिकामा सडक विस्तारको काम गरिरहेको बेला माटोको ढिस्कोले पुरिएर एक सबओभरसियरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मोरङ घर भएका २३ वर्षीय सबओभरसियर कमल राई रहेका छन् ।

कुस्मा नगरपालिका–७ खरेहामा मध्यपहाडी लोकमार्गको स्तरोन्नतिको काम भइरहेको बेला एक्कासी सडकमाथिबाट खसेको माटोको ढिस्कोले राईलाई पुरेको थियो ।

राईको शवलाई पोष्टमार्टमको लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित