सत्तारुढ दल नेकपा र सीपीसीबीच सम्झौता

china and nepal party

   काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच सम्झौता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेपाल भ्रमणमा रहेका सीपीसी विदेश विभाग प्रमुख सङ ताओ र नेकपा विदेश विभाग प्रमुख माधव नेपालबीच आज भएको सम्झौतामा पार्टीगत सहयोग आदान–प्रदान गर्ने दुईपक्षीय समझदारी भएको हो ।

समझदारी पत्रमा नेकपाका तर्पmबाट नेपाल र सीसीपीको तर्फबाट ताओले हस्ताक्षर गरेका छन् ।


नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले दुवैपक्षीय भ्रमण, प्रशिक्षण अध्ययन अनुसन्धानलगायतका कामलाई पार्टी च्यानलबाट व्यवस्थित गर्नका लागि समझदारी भएको जानकारी दिए ।

नेकपा स्कुल विभाग र सीपीसीको विदेश विभागको आयोजनामा सोमबारबाट ‘सी विचारधारा’ माथि छलफल चलिरहेको छ। यो छलफलमा चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारामाथि बहस भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित