बदनाम ठेकेदारका कारण प्रहरीको खरिद प्रक्रिया अन्यौलमा

nepalpolicelogo

 काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको नियमित काम कारवाहीलाई लिएर ठुलै घटनाको रुपमा हल्ला चलाई प्रहरी संगठनकै बदनाम गराउने प्रयास गरिएको छ ।

 प्रहरीमा भएको खरिद प्रकरणमा अख्तियारले छापा मारेको भनी प्रचारबाजी गरिएपछि अख्तियारका पदाधिकारीहरु समेत अचम्मित भएका छन् । प्रहरीको मोटरसाइकल खरिद प्रकरणलाई हतियार बनाएर केही बदनाम ठेकेदार र प्रहरीकै मिलेमतोमा मिडियालाई दुरुपयोग गरिएको छ ।

 प्रहरी प्रधान कार्यालय र अख्तियार स्रोतका अनुसार अख्तियारको कुनै टोलीले प्रहरी प्रधान कार्यालयमा छापा मारेको छैन । उसले कार्यक्षेत्रका आधारमा जानकारी लिन पत्र पठाएको मात्र हो र प्रहरीले पनि जवाफ दिइसकेको छ ।

 अख्तियार स्रोतका अनुसार पूर्व आइजीपीद्वय उपेन्द्रकान्त अर्याल र प्रकाश अर्यालका पालामा खरिद गरिएको प्रहरीको लत्ता कपडा, जुत्तालगायतका सामान खरिद र अहिलेको मोटरसाइकल खरिदका बिषयमा अख्तियारले पत्र काटेर जवाफ माग गरेको थियो । अख्तियारका एक अधिकारीका अनुसार जुन प्रारम्भिक चरणकै छानविन भएका कारण मुद्दा चल्ने या नचल्ने बिषयमा निर्णय हुन नै समय लाग्ने देखिन्छ ।

 हेडक्वार्टरमा आयोजित पत्रकार सम्मेलनमा ठेक्का लिने र समयमा काम नगर्ने ठेकेदारहरुलाई आईजीपी सर्वेन्द्र खनालले कारबाहीको दायरामा तान्ने बताएका थिए । सोहीअनुसार उनले केही ठेकेदारलाई कारबाहीको चरणमा पनि पु-याएका थिए ।

 अहिले तिनै बदनाम ठेकेदारहरुले अख्तियारमा उजुरी हालेर प्रहरीको खरिद प्रक्रियालाई अन्यौलमा पु¥याउन खोजेका हुन् । यदि समयमै लत्ता कपडा, जुत्तालगायतका सामानहरु खरिद हुन सकेन भने यो जाडोमा पनि प्रहरी अधिकारीहरुले जाकेट मागेरै लगाउने अवस्था नआउला भन्न सकिन्न ।

 जुन कुरालाई अख्तियारले गम्भीर भएर चाँडै अनुसन्धान गरि निचोडमा पु-याउनुपर्ने देखिन्छ । अपराध न्यूनिकरण, गुन्डागर्दी निस्तेज तथा सामाजिक अपराधमा चेतनाको काम ‘प्रहरी समुदाय साझेदारी’लाई प्रभावकारीताका साथ जनतासम्म पु-याउन थालेपछि आइजीपी खनालको लोकप्रियता देख्न नसक्ने समूह उनीविरुद्ध सक्रिय हुन थालेको हो ।

 आन्तरिक सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएका आइजीपी खनालले राम्रो र प्रभावकारी काम गरेकै कारण अन्तर्राष्ट्रियस्तरको अवार्ड र पुरस्कार पनि पाइसकेका छन् । त्यस्तै सरकारी कार्यालयहरुमा बेरुजु फस्र्यौटमा पनि नेपाल प्रहरी उत्कृष्ट भई गृह मन्त्रालयबाट पुरस्कृत भएको थियो ।

 यसरी एकपछि अर्को राम्रो काम गर्दै आईरहेका बेला उनलाई बद्नाम गराउने नियतले जालझेलपूर्ण प्रचारबाजीमा बिरोधी समूह सल्बलाएको छ । तस्करी र गुन्डागर्दीमा संलग्नहरूले सिस्टममा प्रहार गर्दा आईजी खनालविरुद्ध सफलता हात पार्न सामाजिक सञ्जालमा बलात्कारका घटना उचालिएको थियो ।

 अहिले अख्तियारले छापा नहानेको विषयलाई छापा मारियो भनेर बद्नाम बनाउने कोशिस गरिएको छ । त्यसो त भत्किएको संगठन संरचनालाई सिस्टममा ल्याएका खनालको कार्यसफलताबाट आत्तिएकाले गलत हल्ला फिजाउने काम गर्दै आइरहेको छ ।

 पछिल्लो पटकको मोटरसाइकल खरिद प्रकरण पनि त्यसैको पृष्ठभूमीमा प्रोपोगान्डाका रुपमा ल्याइएको हो । उजुरी परेपछी सम्बन्धित निकायबाट सम्बन्धित कागजात मगाएर छानबिन गर्नु नियमित प्रक्रिया रहेको अख्तियारले जनाएको छ ।
नेपालमा चीनका राष्ट्रपति सी जिन फिनको भ्रमणको तयारी भइरहेको बेला आइजीपी खनाल सुरक्षा सतर्कतातर्फ दिन रात खटिरहेका बेला उनलाई हतोत्साहित बनाउने नियतले प्रायोजित प्रहार गरिएको प्रहरी अधिकारीहरु नै बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित