दशैंका लागि तातोपानीबाट भित्र्याइँयो ११ सय भेडाच्यांग्रा

ship

  काठमाडौं । २०७२ सालको विनाशकारी महाभूकम्पपछि बन्द भएर केही महिना अघि मात्र खुलेको तातोपानी नाकाबाट दसैं लक्षित भेडाच्यांग्रा नेपाल भित्र्याइएको छ ।

तातोपानी नाका औपचारिक रुपमा उद्घाटन गरी सञ्चालनमा आएको दुई महिना वितिसक्दा पनि नियमित रुपमा सुचारु हुन सकिरहेको छैन । तर, शुक्रबार नाका खोली दसैं लक्षित भेडाच्यांग्रा भित्र्याइएको हो । भूकम्प गएको ४ वर्षपछि ऊनसहित मालवाहक गाडी भित्रिएका थिए।

व्यवसायीहरुका अनुसार पहिलो चरणमा झण्डै ११ सय भेडाच्यांग्रा नेपाल भित्रिसकेका छन् ।

चीनले क्वारेन्टाइन प्रक्रिया सकेर परीक्षण गरेपछि खान योग्य स्वच्छ मासु छानिएका भेडाच्यांग्रा मात्रै बिक्रीको लागि ल्याइएको पनि व्यवसायीहरुले बताएका छन् ।

चिनियाँ र नेपाली कन्टेनर मात्रै आउजाउ भइरहेकाले तातोपानी नाकालाई सहजता बनाउन पहलकदमी लिएको जनप्रतिनिधिले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित