बस र लरी ठोक्किदा ३६ जनाको मृत्यु, ३६ जना घाइते

accident

  काठमाडौं । उत्तरी चीनमा एउटा यात्रुवाहक बस विपरीत दिशाबाट आइरहेको लरीसँग ठोक्किँदा बसमा सवार ३६ जनाको मृत्यु भएको छ भने सोही संख्यामा घाइते भएका छन् ।

बसमा ६९ जना यात्रु सवार थिए । बाटोमा गुडिरहेका बेला पाङ्ग्राको हावा खुस्किएपछि बसको दिशा मोडिएपछि लरीसँग ठोकिएको हुन सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ ।

दुर्घटनामा अन्य ३६ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित