अर्यालका दुस्मनलाई किन सुरक्षा सल्लाहकार बनाए गृहमन्त्रीले ?

काठमाडौं :

गृह मन्त्रालयको सुरक्षा सल्लाहकारमा गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ का जिल्लाबासी एवम् स्कुले सहपाठी पूर्व एआईजी सुरेन्द्रबहादुर शाह नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रीपरिषद्को बैठकले गृहमन्त्री शर्माको सुरक्षा सल्लाहाकारमा शाहलाई नियुक्त गरेको हो ।  उनले पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालसँगै अवकाश भएका थिए ।

गृहमन्त्री शर्मा लेखा समितिको सभापति हुँदा हालका आईजीपी प्रकाश अर्यालको ३३ किलो सुन काण्डको अनुसन्धान गरेका थिए । त्यतिखेर शर्माले पूर्व आईजीपी उपेन्द्रकान्तलाई फालेर शाहलाई आईजीपी बनाउन खोजेका थिए । तर, शर्मा सफल हुन सकेनन् । त्यतिखेर आईजीपी बनाउन नसकेपछि शर्माले अहिले शाहलाई सुरक्षा सल्लाहकार बनाएर उपेन्द्रकान्तलाई दरो जवाफ दिएका छन् ।

सुरक्षा सल्लाहकारको हैसियत राज्यमन्त्री सरह हुने भएपछि आईजीपी प्रकाश अर्यालले कुनै गलत काम गर्न खोजेमा अब सिधै शाहले रोक्न सक्ने गृहमन्त्रालय स्रोत बताउँछ । आईजीपी अर्यालका अघोषित सल्लाहकार उपेन्द्रकान्त अर्याल हुन् । उपेन्द्रकान्त र शाहको सम्बन्ध कहिल्यै पनि राम्रो हुन सकेन ।

संगठनमा हुँदा संगठन प्रमुखलाई फालेर नेतृत्व हत्याउन निरन्तर प्रयास गर्ने शाह गृहमन्त्रीको सल्लाहकार भएपछि उनले हिजो संगठनमा रहँदाको तुष पोख्ने सल्लाह दिन्छन वा संगठनको हित हुने सल्लाह दिन्छन त्यो त हेर्न बाँकी नै रहेको भन्दै सामाजिक सञ्जालबाट टिका टिप्पणी शुरु भएको छ । यद्यपी शाह प्रहरीमा क्षमतावान र स्वच्छ छविका मानिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित