११ डीआईजी एआईजीमा बढुवा

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका ११ डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । बढुवा सिफारिस समितिको सिफारिस अनुसार डीआईजीहरुको बढुवा गरेको हो । बढुवा सिफारिसविरुद्ध परेको उजुरी पुनरावलोकन समितिले खारेज गरेपछि बढुवाको बाटो खुलेको थियो ।

एआईजीमा बढुवा हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्यक्ष, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन् ।  चन्दलाई त प्रचण्ड सरकारलाई प्रहरी प्रमुख नियुक्त  गरेपछी सर्वोच्चले उनको नियुक्त खारेज गरेको थियो । त्यसपछी प्रकाश अर्याल प्रहरी प्रमुख भए । आईजीपीको दाबी गर्दै सर्वोच्च अदालत गएका डीआईजी नवराज सिलवालको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

प्रतिक्रिया

सम्बन्धित