बैंकिङ कसुरका अभियुक्तलाई सर्बोच्चको सफाई,सिआईबीमा हलचल

कास्की । पोखराको हल्लनचोक स्थित टिका रिसोर्टका सञ्चालक टिका पौडेल वैकिङ कसुर मुद्दामा ५ लाख धरौटी राखेर थुनामुक्त भएपछि केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) मा हलचल मच्चिएको छ । सर्वोच्च अदालतका न्यायाधिशद्धय हरिकृष्ण कार्की र सपना प्रधान मल्लको संयुक्त इजलाशले साउन ५ गते पौडेललाई थुनामुक्त गर्ने आदेश दिएपछि सिआईबीमा हलचल मच्चिएको हो । सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुर वुटवल इजलाशबाट जेष्ठ १७ गते भएको आदेश नमिलेको भन्दै वदर गरेर पूर्पक्षका लागि थुनामा पठाइएका रिसोर्टका सञ्चालक पौडेललाई ५ लाख धरौटी लिएर थुनामुक्त गर्ने आदेश जारी गरेको हो ।

 सर्वोच्च अदालतको संयुक्त इजलाशले प्रतिवादी टिका पौडेलको इन्कारी वयानलाई आधार मानेर आदेश दिएको पाइएको छ । उच्च अदालत तुलसीपुरबाट जेष्ठ १७ गते भएको थुनछेक आदेशमा तत्काल प्राप्त प्रमाणको आधारमा प्रतिवादी टिका पौडेललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने उल्लेख थियो । यस प्रकरणमा रिसोर्टका सञ्चालक टिका पौडेलले अनाधिकृत रुपमा पीओएस मेसिन प्रयोग गरि खाताको रकम ट्रान्सफर गरि करोडौं अनियमित गरेको आरोप लगाइएको थियो ।

 उक्त मुद्दा सिआईवीले दायर गरि वाणिज्य इजलाश वुटवलमा पेश भएको थियो । ५ लाख रुपैया धरौटी राखेर जेल मुक्त भएका पौडेलको मुद्दाको अन्तिम किनारा लाग्न भने बाँकी नै छ । उनलाई पक्राउ गर्दा वित्तिय वजारमा ठूलो हल्ली चल्ली मच्चिएको थियो । तर, उनको थुना प्रवेश र थुना मुक्त बारे भने चर्चा हराएको छ । सर्वोच्चको यो फैसला सँगै बैकिङ कसुरको मुद्दासँग जोडिएका अभियुक्तहरु खुसी हुन थालेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित