प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीको भेटसँगै नेपाल र चीनबीच सम्झौतामा हस्ताक्षर

nepal and china

  काठमाडौं । दुई दिने राजकिय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्माबीच भएको भेटवार्तापछि नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । ओलीको उपस्थितिमा सम्झौतापत्र आदान प्रदान गरिएको हो ।

काठमाडौंको होटल सोल्टीमा राष्ट्रपति सी र ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच भएको वार्तापछि विभिन्न सम्झौतामा हस्ताक्षर भएको नेपाल पक्षका अधिकारीले जानकारी गराएका हुन् ।

सम्झौताअघि नेपाली र चिनियाँ अधिकारीहरुबीच द्विपक्षीय वार्ता भएको थियो । वार्तापछि शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विषयमा सम्झौता भएको छ ।

काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ ।

हस्ताक्षर पत्रमा रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, टोखा– छहरे सुरुङमार्ग, मदन भण्डारी विश्व विद्यालय, कर्णाली करिडोरका विषय समटिएका छन् । केरुङ–काठमाडौ रेलमार्गको डीपीआर तहको अध्ययनको विषय पनि सहमति पत्रमा समेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित