भारतमा नेपाली चेलीको हत्या, ४ जना पक्राउ सासू र जेठानी फरार

hatya

  काठमाडौं । दाइजो नदिएको निउमा एक नेपाली चेलीको भारतमा हत्या भएको छ । विराटनगर महानगरपालिका–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार) को भारतको जोगबनीस्थित भेडयारीमा हत्या भएको हो ।

उनको शव शव सीमावर्ती बजार जोगवनीदेखि तीन किलोमिटर दक्षिण परमान खोलामा आइतबार फेला परेको थियो । हत्या कहिले भयो भन्ने अझै खुलेको छैन ।

मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएकाले हत्या नै भएको प्रहरीको ठहर छ । दाइजोका कारण रञ्जनाको हत्या भएको भारतको जोगबनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले बताएका छन् ।

भारतीय प्रहरीले अनुसन्धानका लागि मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ गरेको छ । सासू र जेठानी भने फरार रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित