यस्तो छ नेपाल र चीनबीच भएको २० बुँदे सम्झौता

nepal and china

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणमा नेपाल आएका बेला नेपाल र चीनबीच २० वटा सम्झौतामा हस्ताक्षर भएको छ ।

आइतबार होटल सोल्टीमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाली समकक्षी केपी शर्मा ओलीको उपस्थितीमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यस्ता छन् २० बुँदे सम्झौता
१. सीमा व्यवस्थापन प्रणाली
२. सरकारी क्षमता विस्तारका लागि सहयोग आदान प्रदान
३. आपराधिक गतिविधि नियन्त्रणका लागि दुई पक्षीय कानुनी सहयोग आदानप्रदान
४. सगरमाथा संरक्षणका लागि सहयोग आदानप्रदान
५. नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच मुख्य परियोजनामा उत्पादकत्व क्षमता विस्तार गर्ने
६. चेंग्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना गर्नेसम्बन्धी समझदारीपत्र आदानप्रदान
७. नेपाल–चीन अन्तरदेशीय रेलसेवाको सम्भाव्यता अध्ययन
८. काठमाडौं महानगरपालिका र चीनको नाञ्जिङ सहरबीच भगिनी सम्बन्ध स्थापना
९. बुटबल उपमहानगरपालिका र चीनको सियान सहरबीच भगिनी सम्बन्ध स्थापना
१०. स्वास्थ्य सेवा सुधारसम्बन्धी समझदारी
११. प्रकोप जोखिम न्यूनीकरण गर्नेसम्बन्धी सम्झौता
१२. चीनको सुप्रिम पिपुल्स पोक्यूरेटर र नेपालको महान्यायाधीवक्ताको कार्यालयबीच कानूनी परामर्श गर्नेसम्बन्धी समझदारी
१३. त्रिभुवन विश्वविद्यालयमा भौतिक पूर्वाधार निर्माणसम्बन्धी समझदारी
१४. नेपाली फलफूल चीन निर्यात गर्ने सम्बन्धी समझदारी
१५. व्यापारका लागि संयुक्त कार्यदल गठन गर्ने समझदारी
१६. नेपालमा चीन–सहयोग भूकम्प निगरानी नेटवर्क परियोजनाका लागि सहयोग र स्वीकृतिसम्बन्धी
१७. लगानी सहयोग कार्यदल स्थापनासम्बन्धी
१८. सुरुङमार्ग निर्माणसम्बन्धी
१९. सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणका लागि विनिमय पत्र
२०. काठमाडौंमा चीनको सहयोगमा जल आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययन

प्रतिक्रिया

सम्बन्धित